सरकारले कुलमानलाई कारिन्दा र नोकर ठान्यो : राजेन्द्र लिङ्देन

0
26

२२ फागुन । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसद नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयलाई लिएर सवालजवाफमा उत्रिएका छन्।  

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले कर्मचारीलाई कारिन्दा र नोकर ठानेकोले कुलमानको पक्षमा उत्रिएको बताएका हुन्।  

‘मन्त्रीजीले जसरी सबै प्रतिपक्षमाथि खनिनुभयो। सत्तापक्ष माननीयले पनि एउटा कर्मचारीलाई बोकेर नहिँड्नुस् भन्नुभयो। कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ,’ उनले भने, ‘नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौँ। अन्याय हुन दिन्नौंँ।’

यसअघि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटा कर्मचारीलाई बोकेर नहिँड्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका थिए। 

लिङ्देनले ऊर्जा मन्त्रीले झुटो कुरा गरेर परिस्थिति नबिगार्न पनि आग्रह गरे।  

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कुलमानबारे उठेको प्रश्नको जवाफ दिएका थिए। ‘एउटा कर्मचारीलाई काँधमा बोकेर हिँड्दा…। गाउँघरतिर भन्छन् अलिक राम्रो छैन । बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ भन्छन् । त्यस्तो नहोस्,’ उनले भनेका थिए। 

उनले कुलमानले कार्यसम्पादनमा सहभागी नभएकै कारणले शून्य अंक दिएको पनि दाबी गरे।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here