२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर समेत सम्पन्न भइसकेको बताए । डीपीआर बनिसकेको परियोजना अगाडी बढाउन ढिलाइ भइरहेको भन्दै उनले निर्माण कार्यमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रंगशालाको डीपीआर तयार गरी साढे २ अर्बको लागतमा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना अघि बढेको उनले बताए ।
खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर बढाएर ४९ लाख ६० हजार बनाइएको भन्दै उनले आपत्ति जनाए ।क्रिकेट रंगशाला जनकपुरका युवाहरूको परिकल्पना भएको भन्दै उनले कुनै व्यवधान भए आन्दोलनको सामना गर्नु पर्ने उनको भनाइ थियो ।