Thursday, May 15, 2025

जगदुल्लाह हाइड्रोपावरबारे छानबिन गर्न माओवादीको माग

२५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जगदुल्लाह हाइड्रोपावरबारे छानबिन गर्न माग गरेको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै समय लिएर बोल्दै माओवादीका सांसद अमनलाल मोदीले यस्तो माग गरेका हुन् ।

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न आवश्यक रहेको उनको आग्रह छ ।

मिलेमतो र सेटिङबाट सार्वजनिक खरिद नियमावली विपरीत भएको कुरा उठेको भन्दै उनले सभामुखमार्फत सरकारसँग छानबिनको माग गरेका हुन् ।

लोकप्रिय