Thursday, May 15, 2025

सात प्रदेशको मौसम अध्ययन: यस्तो छ दिउँसो र राति वर्षाको सम्भावना

बैशाख २५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज बिहीबार पनि सातै प्रदेशका विभिन्न स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ। 

महाशाखाले आज बिहान गरेको अध्ययनअनुसार सात प्रदेशमा दिउँसो र राति यस्तो छ वर्षा र हिमपातको सम्भावना:

कोसी प्रदेश

दिउँसो: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा वर्षाको सम्भावना छैन। 

मधेस प्रदेश

दिउँसो: तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति: वर्षाको सम्भावना छैन। 

बागमती प्रदेश

दिउँसो: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने वर्षाको सम्भावना छैन। 

गण्डकी प्रदेश

दिउँसो: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने वर्षाको सम्भावना छैन। 

लुम्बिनी प्रदेश

दिउँसो: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश

दिउँसो: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश

दिउँसो: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति: हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।  

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।  

लोकप्रिय