Tuesday, October 22, 2024

मिटरब्याजमा ऋण लगाउने सुदखोरहरू धमाधम पक्राउ पर्दै

ताजा / भरखरै प्राप्त

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मिटरब्याजमा ऋण दिने थप एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौंबाट लालबहादुर खड्का पक्राउ परेको सीआईबी स्रोतले जनायो । खड्काले चर्को ब्याजमा ऋण दिएका थिए ।

यसअघि नवलपुरका मिटरब्याज लगाउने साहु सुनिल बानियाँ र जगदीश बानियाँ पक्राउ परेका थिए ।

हालसम्म देशभरबाट १ हजार ९ सय ३७ मिटरब्याज पीडितहरूको उजुरी परेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । सरकारले केहीदिन देशैभरबाट मिटरब्याजी पीडितहरुलाई उजुरी दिन भनेको थियो ।

जगदीश बानियाँ

यता काठमाडौंको माइतीघरमा न्यायको माग गर्दै पश्चिम नवलपरासीका मिटरब्याजीबाट पीडितहरू करिब ३ हप्तादेखि धर्ना दिइरहेका छन् ।

सभार-कान्तिपुरबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles