Tuesday, October 22, 2024

‘पठान’ले विश्व बक्स अफिसबाट कमायो ७०० करोड भारु

ताजा / भरखरै प्राप्त

काठमाडौं । शाहरुख खान अभिनित फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ‘सपनाको दौड’ गर्दैछ । यो गति सुस्त हुने संकेत देखिएको छैन । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार रिलिजको नवौं दिनमा पठानले विश्व बक्स अफिसमा ७०० करोडको आँकडा पार गरेको छ । फिल्मले दोस्रो बिहीबार १५ करोडदेखि १६ करोड भारु कमाउन सकेको छ ।

फिल्मले बुधबार भारतीय बक्स अफिसमा ५५ करोड भारुको ओपनिङ गरेको थियो । हप्ताको मध्यमा रिलिज भएदेखि यसले पाँच दिनको विस्तारित सप्ताहन्तको मज्जा लियो । त्यो समयमा विश्वव्यापी रूपमा ५०० करोड भारुको आँकडा पार गर्न सक्यो । हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्म समेत बन्यो । सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ले अझै ‘केजीएफ ः च्याप्टर २’ र ‘बाहुबली २’को कीर्तिमानलाई अझै तोड्न सकेको छैन ।

पठानले ‘दंगल’को रेकर्ड तोड्ने क्रममा छ । पठानको कमाइ भारतमा अहिलेसम्म ३८७.३८ करोड (नेट) छ । पठान यशराज ब्यानरको नवस्थापित जासूसी ब्रह्माण्डमा आधारित छ । यसअघि यो युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है र वार फिल्म बनिसकेका छन् ।

‘पठान’मा सलमान खान टाइगरको भूमिकामा छन् । फ्यानले पठानमा ऋतिक पनि हुने आशा राखेका थिए तर त्यस्तो भएन । यसबारे निर्देशक सिद्धार्थ आनन्दले भने, ‘हामीले ऋतिक वा अन्य कुनै अभिनेतालाई पनि बोर्डमा राख्न सक्थ्यौं, तर सलमान र शाहरुखलाई फिल्ममा एक्सन गर्ने कुरा यसअघि भएको थिएन । मलाई लाग्छ, अन्तिम पटक जब उनीहरु सँगै एक्सन गरिरहेका थिए भने सन् १९९६ मा करण अर्जुनसँग थियो ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles