Friday, July 26, 2024

आईपीएल क्रिकेटमा बैंगलोर १८ रनले विजयी

ताजा / भरखरै प्राप्त

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको छ । बैंगलोरको यस जितमा कप्तान फाप डु प्लेसीको ९६ रनको योगदान महत्वपूर्ण रह्यो ।

टस हारेर पहिले ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । बैंगलोरको सुरुवात राम्रो थिएन । सले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । विराट कोहली खाता नै नखोली आउट भएका थिए । तर फाप डु प्लेसीले कप्तानी पारी सम्हाले । ६४ बल सामना गरेका उनले ११ चौका र २ छक्काको मद्दतमा ९६ रन बनाए । यसैगरी ग्लेन म्याक्सवेलले २३ र शहबाज अहमदले २६ रन योगदान गरे । दिनेश कार्तिक १३ रनमा नटआउट रहे ।

१८२ रनको विजय लक्ष्य पछ्याएको लखनउले ८ विकेटको क्षतिमा १६३ रन मात्र बनाउन सक्यो । लखनउका लागि क्रुणाल पाण्डेयले ४२ र लोकेश राहुलले ३० रन बनाए । बलिङतर्फ बैंगलोरका लागि जोश हेजलवुडले २५ रन खर्चिएर चार विकेट लिए ।

साभार : अनलाइनखबर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles