Saturday, September 23, 2023

पुस १७ मै पोखरा विमानस्थल सञ्चालन गर्ने आधार छन् : मन्त्री श्रेष्ठ

ताजा / भरखरै प्राप्त

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद...

पोखरा — नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ बाट सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ । तर, रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट व्यवस्थापन नभइसकेको अवस्थामा उक्त मितिमा विमानस्थल सञ्चालन हुनेमा संशय पैदा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तोकिएकै मितिमा विमानस्थल सञ्चालन गर्ने आधार रहेको बताएका छन् । 

समाजवादी प्रेस संगठन कास्कीले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ (बीचमा) । तस्बिर : दीपक परियार/कान्तिपुर 

समाजवादी प्रेस संगठन कास्कीले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले रिठ्ठेपानी डाँडा कटानलाई तत्काल अघि बढाउने निर्णय भएको र ल्यान्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिवद्धता जनाएको बताए । ‘डाँडा कटानका लािग यथाशीघ्र प्रक्रिया अगाडि बढाउने निर्णय भइसकेको छ, रुख कटानको काम पनि भइरहेको छ,’ उनले भने, ‘महानगर प्रमुखले एयरपोर्ट सञ्चालनको लागि समयमा नै फोहोरमैला व्यवस्थापनको कामलाई अगाडि बढाउछु भन्ने प्रतिवद्धतालाई महानगरवासीले साथ र समर्थन गर्नुपर्ने आवश्यकता छ ।’

क्यालिब्रेसन फ्लाइट गरेको निश्चित महिनापछि मात्रै व्यावसायिक उडान सुरु गर्नुपर्ने भएकोले सञ्चालनको मिति तय गरेको उनले बताए । अन्तर्राष्ट्रिय उडानका लागि एयररुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीसँग समन्वय गर्ने कुरा सँगसँगै अघि बढ्ने उनले उल्लेख गरे । ‘ठ्याक्कै सञ्चालन गर्ने कुरालाई तय गर्‍यौं अब हामी क्यालिब्रेसन फ्लाइट गर्ने कुरा मिलाउँछौं,’ उनले भने, ‘सञ्चालन गर्ने कुरा सुनिश्चित नगरिकन एकैपल्ट अरु एयरलायन्स कुराकानी गर्ने कुरा रहँदैन । उनीहरुले पनि इच्छा व्यक्त गर्ने कुरा रहँदैन । क्रमैसँग अब इच्छुक एयरलायन्सले कुरा अगाडि बढाउने कुरा हुन्छ । यी सबै सँगसँगै अघि बढ्छ ।’

ल्यान्डफिल साइटका कारण विमानस्थलमा हुने चराको जोखिमलाई प्रविधिको प्रयोगबाट कम गर्ने उनको भनाइ थियो । विभिन्न देशसँग उडान सञ्चालनको लागि योजनासहित अगाडि बढेको र छिमेकी देशका सहरसँग जोडिने कुरा सहज बनाउन आफ्नो तयारीमा लागेका उनले थपे ।

‘प्याराग्लाइडिङलाई जोगाउन मिल्नेसम्म जोगाउँछौं’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ व्यवसाय पोखराबाट सानुपर्ने प्राधिकरणले बताउँदै आएको छ । यहाँका व्यवसायीले भने सकेसम्म प्याराग्लाइडिङ विस्थापित हुने अवस्था नल्याउन आग्रह गरिरहेका छन् । पर्यटनमन्त्रीको पटकपटकको पोखरा भ्रमणमा व्यवसायीले प्याराग्लाडिङ जोगाउने उपायको खोजी गर्नुपर्ने बताउँदै आएका छन् ।

पर्यटनमन्त्री श्रेष्ठले उडानको सुरक्षामा सम्झौता नगर्ने गरी पोखराको ‘ब्रान्ड’ बनेको प्याराग्लाइडिङलाई जोगाउन उपायको खोजी गरिने बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल पनि यहाँकै माग र चाहनाअनुसार निर्माण भएको हो । फ्लाइट सेफ्टीको कुरामा हामीले कम्प्रोमाइज गर्न मिल्दैन । तर, सेफ्टीमा कुनै पनि ढंगबाट असर नपर्ने गरी प्याराग्लाइडिङको व्यवसायलाई कुनै उपायबाट कुनै पनि किसिमबाट कायम गर्न सक्ने स्थिति भएसम्म त्यो कायम गर्नुपर्छ भन्ने मान्यता मैले राखेको छु,’ उनले भने, ‘यसका लागि प्राविधिक दृष्टिकोणबाट पनि थप छलफल गर्छौं । कुनै पनि उपाय छन् भने त्यो उपायलाई प्रयोग गरेर संरक्षण गर्ने कोसिस गर्छौं ।’

नयाँ विमानस्थलको सञ्चालनपछि हाल भइरहेको विमानस्थल के गर्ने भन्ने कुनै निर्णय नभइसकेको जानकारी उनले दिए । ०७४ बुँदे पर्यटन पुनरुत्थान कार्ययोजना घोषणा गर्दा नै सञ्चालनमा नभएका एयरपोर्टलाई वैकल्पिक व्यवस्थापन गर्ने, पर्यटनमा आधारित साहसिक खेलको रुपमा र पर्यटनमा आधारित रहेर विकास गर्ने नीतिगत निर्णय भने गरेको उनले सुनाए । ‘फ्लाइङ स्कुल सञ्चालन गर्ने योजना ल्याएका छौं तर नयाँ विमानस्थल सञ्चालन भइसकेपछि के गर्ने भन्ने निर्णय गरिसकेका छैनौं,’ उनले भने, ‘के गर्ने भन्ने योजना बनेको कुरा सम्बन्धित विभागीय मन्त्री भएको नाताले मेरो जानकारीमा आएको छैन । क्यानको बैठकमा यो कुरा आएको पनि छैन । हामीले निर्णय गरेका पनि छैनौं ।’

प्राधिकरणले भने केही दिनअघि हालको विमानस्थलमा कर्मचारी आवास बनाउने, त्यसका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको सार्वजनिक भएको थियो । विमानस्थल हाताभित्र व्यापारिक भवन समेत बन्ने र त्यसका लागि २० लाख रुपैयाँ छुट्टिएको निर्णय सार्वजनिक भएपछि पोखराका सरोकारवालाले चासो व्यक्त गरेका थिए । महानगरमा खुला ठाउँको अभाव भएकोले उक्त स्थानलाई पार्कको रुपमा प्रयोग गर्नुपर्ने यहाँका स्थानीयको माग छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हालको विमानस्थल बाहिर रहेको प्राधिकरणकै जग्गामा कर्मचारी आवास भवन बन्ने बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक कर्मचारीलाई राख्न क्वाटर चाहिन्छ । त्यसका लागि अहिलेको विमानस्थलको रनवे भएको ठाउँमा भवन बन्ने होइन,’ उनले भने, ‘त्यहाँको जमिन पर्यटकीय हिसावले प्रयोग पनि हुने र आम्दानी पनि हुने गरी के गर्न सकिन्छ भन्ने अध्ययनका आधारमा मात्रै टुंगो लाग्छ । विसं २००८ मा पहिलोपल्ट पोखरामा विमान अवतरण भएको थियो । हालको विमानस्थल १ हजार १ सय ५६ रोपनीमा फैलिएको छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...