Sunday, June 4, 2023

दुई महिनाको पारिश्रमिकका लागि सांसद मरिहत्ते गरिरहेका छन् भन्ने बुझियो, बुझाइयो : थापा

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकालबारे सरकारले ल्याएको विधेयकबारे सार्वजनिक रूपमा स्पष्ट जानकारी राख्न नसक्दा संसद्प्रति सही धारणा नबनेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ को दफावार छलफलका क्रममा थापाले सही समयमा विधेयक नल्याउँदा र त्यो विधेयकमार्फत गर्न खोजिएको व्यवस्थाबारे स्पष्ट पार्न नसकिएको बताएका हुन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा सांसद थापाले सांसदहरूमाथि पारिश्रमिक लिनका लागि यस्तो गरेको हो कि भन्ने धारणा निर्माण भएको बताए ।

पुरानो संसद्को कार्यकाल सकिएको र नयाँ निर्वाचन हुन नसकेको बीचमा राजनीतिक दुर्घटना हुन्छ कि भन्ने मनसायसहित सरकारले शपथ लिएको अघिल्लो दिनसम्म कार्यकाल रहने व्यवस्थासहितको विधेयक ल्याएको तर त्यसको प्रचार सही ढंगले हुन नसकेको हो कि भन्ने उनको भनाइ थियो । २०५९/०६० मा भएको राजनीतिक दुर्घटनालाई उनले स्मरण गरेका थिए ।

‘विधेयक प्रस्तुत गर्ने पक्षले जसरी प्रस्तुत गर्नुपर्थ्यो, जसरी विचार निर्माण गर्नुपर्थ्यो त्यो गर्न नसक्दा आज कसरी प्रस्तुत भएको छ बाहिर भने मानौं हामी एक-दुई महिनाको पारिश्रमिक र सेवासुविधाका निम्ती सबै मरिहत्ते गरिरहेका छौं । त्यो नै हामी सबैको सर्वाधिक महत्त्वको कुरा हो,’ उनले भने, ‘कोही यहाँ पारिश्रमिक लिने पक्षमा छौं, कोही पारिश्रमिक नलिने पक्षमा छौं । एकदुई महिनाको पारश्रमिक लिनका लागि मरिहत्ते गरिरहेका छन् भन्ने बुझिएको छ, बुझाइएको छ ।’

थापाले संसद्को कार्यकाल सम्बन्धमा सरकार र प्रतिपक्ष भएर सांसद प्रस्तुत हुन नहुने बताए । संसद्को कार्यकाल थप्नेबारे सार्वजनिक रूपमा रहेको बुझाइ उल्लेख गर्दै उनले भने, ‘यो बुझ्दै गर्दाखेरि सरकारवालालाई मात्रै यो दोष लाग्ने होला भन्ने कतिपयलाई लाग्छ होला । तर कहिलेकाँही संसद्को प्रतिष्ठाको लागि हामी एकठाउँ उभिनुपर्छ । हामी उभिएनौं भने त्यसको दाग हामी सबैलाई लाग्छ ।’

सही समयमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालबारेको विधेयक नल्याउँदा समस्या देखिएको थापाको भनाइ थियो । ‘सरकारले शान्त समयमा विधेयक ल्याएर आएको भए सायद छलफल अर्को कोणबाट हुन्थ्यो होला, संसद्‍‌भित्र पनि बाहिर पनि !,’ उनले भने ।

थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएदेखि सुरु हुने र कार्यकाल अन्त्य मनोनयन दर्तासँगै सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । उनले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालबारे कानुनी व्यवस्था संशोधन गर्न ल्याएको विधेयकको व्यवस्थामा सो संशोधन राखेका छन् ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...