Saturday, September 23, 2023

रेशम चौधरीको बटमलाइन : टीकापुर घटनामा आममाफी दिए सरकारमा जाने

ताजा / भरखरै प्राप्त

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद...

डिल्ली बजार जेलमाा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूहरुका माग सम्बोधन गर्नेहरुसँग सहकार्य हुन सक्ने बताएका छन्।

मंसिर ४ को निर्वाचनमा ४ सिटसहित सङ्घीय संसदमा प्रवेश गर्न लागेको नागरिक उन्मुक्तिका संरक्षक उनले नयाँ सरकारको यात्राबारे यसो भनेका हुन्। 

‘निर्वाचन जनमत परीक्षण गर्ने विधि हो। यसलाई पार्टीले स्वाभाविक रुपमा लिएको छ’, उनले भने, ‘यस पटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो। परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ।’

उनले यो निर्वाचनबाट आफ्नो पार्टीको विचार र मुद्दा अनुमोदन भएको पनि बताए। ‘जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन्। हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ’, उनले भने, ‘जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ। तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन।’

उनले टीकापुरमा बालकसहित आठजनाको हत्या भएको घटनालाई पनि राजनीतिक भएको उल्लेख गरे। ‘टीकापुर घटना राजनीतिक हो। तर पनि हाम्रा साथीहरु जेलमा छन्। कैयौँले मुद्दा खेपिरहनुभएको छ’, उनले भने, ‘यस पटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ। टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरु र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ।’

उनले आफू आठ वर्षदेखि जेलमा रहेको बताउँदै कुनै पनि दलले आफूहरुका माग नसुनेको पनि बताएका छन्। 

‘म आठ वर्षदेखि जेलमा छु। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सधैँ सरकारमै छन्’, उनले भने, ‘मधेसकेन्द्रित दलका नेताहरु पनि कुनै न कुनै रुपमा सरकारमै हुनुहुन्छ। उहाँहरुबाट हेर्न केही बाँकी छैन। कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न।

सरकारमा जान सकारात्मक भए पनि माग सम्बोधन आफूहरुको पहिलो एजेन्डा रहेको पनि उनले सुनाए। ‘हामी सबैसँग सकारात्मक नै छौँ। जबसम्म हाम्रा मुद्दाहरु सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौं। कुरा प्रस्ट छ’, उनले भने, ‘जुन बाटोबाट मलगायत थुप्रै साथीहरु थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्‍यो।

टीकापुरमा भएको घटनालाई राजनीतिक रुपमा नहेरेसम्म सहकार्य नहुने पनि बताएका छन्। 

‘हाम्रा माग पुरानै छन्। पटक–पटक उहाँहरुलाई भनिएकै हो। टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन’, उनले भने, ‘फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरुसँग सहकार्य हुन्छ। त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ।’

उनले पुराना दल तथा नेताका विचार हेरिरहेको र सुनिरहेको पनि बताए। ‘उहाँहरुले हामीहरुलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ’, उनले भने, ‘तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ।’ रासस

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...