Sunday, May 11, 2025

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार १० वर्षमा हुने जनगणनामा २००९/०११ मा २.७३ प्रतिशत पुगेको थियो।

२०१८ मा फेरि १.३१ वृद्धिदरमा सीमित रहेको थियो। 

२०२८ देखि २०५८ सम्म नेपालको जनसंख्या वृद्धिदर २ प्रतिशतमाथि रहेको थियो। 

२०२८ मा २.०५ प्रतिशत, २०३८ मा २.६२ प्रतिशत, २०४८ मा २.०८ र २०५८ मा २.२५ प्रतिशतले जनसंख्या वृद्धिदर रहेको थियो। 

२०६८ मा १.३५ प्रतिशत वृद्धिदर रहेकोमा २०७८मा  ०.९३ प्रतिशतमा सीमित छ।

लोकप्रिय