Saturday, July 13, 2024

गोली हानी विराटनगरका युवकको हत्या

ताजा / भरखरै प्राप्त

५ साउन, विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ ।

शुक्रबार बेलुका विराटनगर महानगरपालिका  ५  का  २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै  गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ  । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण  नखुलेको उनको भनाइ छ । सभार-अनलाइन खबरबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles