Saturday, July 13, 2024

रौतहटको बरहवा किनारमा नेपाली सेना द्वारा वृक्षारोपण

ताजा / भरखरै प्राप्त


प्रेमचन्द्र झा
राैतहट, ०५ साउन । नेपाली सेना विरदल गण राैतहटले पर्यावरण लाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ गाैर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन ।
सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिन्छ भनेका हुन ।

विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र राैतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको राेपण गरिएको हो ।

वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको साैन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए ।
सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीकाे सहभागीता रहेकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles