Saturday, September 23, 2023

आफूविरुद्ध उजुरी परेपछि मन्त्री यादवले भनिन्– अख्तियारलाई छानबिनमा सघाउन तयार छु

ताजा / भरखरै प्राप्त

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद...

जनकपुरधाम, २१ साउन । आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मधेस प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले छानबिनमा सघाउन आफू तयार रहेको बताएकी छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री यादवले उक्त आरोपमा कुनै सत्ययता नरहेको दाबी गर्दै सत्यतथ्य अनुसन्धानका लागि आफू अख्तियारलाई सघाउन तयार रहेको बताएकी हुन् । उनले उजुरी हाल्दैमा सबै दोषी ठहर नहुने पनि प्रस्ट पारेकी छन् ।

गत आर्थिक वर्षको रेडबुक मार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रममा करिब ४२ करोड बराबरको योजना संशोधन गरी मन्त्री यादवले विभिन्न शीर्षकमा २ सय ६३ वटा नयाँ योजनामा नियम विपरीत रकमान्तर गरेको आरोपसहित अख्तियारमा उजुरी परेको थियो ।

मन्त्री यादव र अधिकृत लालबाबु यादवले मधेस प्रदेशका जिल्लाहरूका लागि सार्वजनिक भएको रेडबुकमा भएको योजनाहरूको रकम नियम विपरीत रकमान्तर गरी अनियमितता गरेको आशंकामा त्यस बारेमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन अख्तियारले मन्त्रालयलाई साउन १४ मा पत्र पठाएको छ ।

मन्त्री यादवले लेखेकी छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा कसैले कसैमाथि पनि विरोध गर्न पाउनु, उजुरी÷आरोप लगाउन पाउनु नितान्त सामान्य कुरा हो । यही त लोकतन्त्रको विशेषता पनि हो । उजुरी हाल्दैमा सबै दोषी ठहर हुने पनि हैनन्, प्रमाणित हुनुपर्दछ ।’

उनले आफूलाई समेत जोडेर मधेस प्रदेशका जिल्लाहरुका लागि सार्वजनिक भएको रेडबुकमा भएको योजनाहरूको रकम नियमविपरीत रकमान्तर गरी अनियमितता गरेको व्यहोरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीमा दर्ता गराइएको उजुरीमा कुनै सत्यता नरहेको दाबीसमेत गरेकी छन् । आफूविरुद्धको उजुरी आमजनतालाई भ्रमित पारी आफ्नो चरित्र हत्या गर्ने सुनियोजित योजना मात्र रहेको उनको भनाइ छ । 

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...