Tuesday, April 1, 2025

नेपाल प्रहरीको स्थापना दिवस राैतहटमा विभिन्न कार्यक्रम गरि मनाईदै

प्रेमचन्द्र झा । गाैर, अशाेज २९ । नेपाल प्रहरीले ६७औं स्थापना दिवसको अवसरमा गाैर नपा ५ स्थित छठ पर्व हुने पोखरी सफाई गरेका छन ।

नेपाल प्रहरीले स्थापना दिवसकाे अवसरमा गरेकाे सरसफाइ कार्यक्रम अन्तरगत गाैर नपा ५ को पोखरीमा सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख विरबहादुर बुढामगरले बताउनु भयो ।

स्थापना दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताकाे साथै शुक्रबार जिल्ला प्रहरी कार्यालय परिषरमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको प्रहरी उपरीक्षक बुढामगरले बताउनु भयो ।

लोकप्रिय