प्रधानमन्त्री कप :  प्रहार भए १० शतक र ५५ अर्धशतक

0
346

माघ २१ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेर उपाधि जितेसँगै यो वर्षको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सकिएको छ। 

यो संस्करणमा विभिन्न कीर्तिमान बने। पहिलो पटक राउन्ड रोबिनको आधारमा भएको प्रतिस्पर्धा सात प्रदेश र तीन विभागीय टिम गरी दश टिमले लिग चरणमा नौं-नौं खेल खेले। 

जसमा नेपाल पुलिस क्लब लिग चरण र फाइनल गरी दश खेलमा अपराजित रहँदै च्याम्पिनय बन्न सफल भयो।

२० दिन चलेको प्रतिस्पर्धामा ४६ खेल भए। काठमाडौंको त्रिवि मैदान र मुलपानी तथा भैरहवाको सिद्धर्थनगर मैदानमा गरी  तीन मैदानमा प्रतियोगिताका खेल सञ्चालन भए। यसपटक त्रिवि मैदान ब्याटिङका लागि उपयुक्त देखियो। जहाँ दश शतक प्रहार भए। 

प्रधानमन्त्री कपको एकै संस्करणमा दश शतक प्रहार भएको पहिलो पटक हो। आर्मीका कप्तान विनोद भण्डारीले एकै संस्करणमा दुई शतक प्रहार गर्ने कीर्तिमान बनाए। यस्तै यसपटक थप ५५ अर्धशतक प्रहार भए। जसमा एपिएफका कप्तान रोहित पौडेलले चार अर्धशतक बनाउदा अरु तीन खेलाडीले तीन-तीन अर्धशतक प्रहार गरे। 

यसै बागमतीका स्पिनर सूर्य तामाङले ३० विकेट लिए। उनी एकै संस्करणमा सर्वाधिक विकेट लिने बलर हुन सफल भए। पुलिसका दिपेन्द्रसिंह ऐरीले प्रधानमन्त्री कपकै उत्कृष्ट बलिङ  गरे। उनले लिगको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध ७ विकेट लिँदा ४ मेडन राखे भने २० रन खर्चिए। 

Laxmi bank

सर्वाधिक विकेट लिने खेलाडी 
सूर्य तामाङ (बगमती प्रदेश) – ९ खेलमा ३० विकेट 
शेर मल्ल (सुदूरपश्चिम) – ९ खेलमा २४ विकेट
ललितनारायण राजवंशी (नेपाल पुलिस) – १० खेलमा २३ विकेट 

सर्वाधिक रन बनाउने खेलाडी 
अनिल साह (मधेस प्रदेश) – ९ खेलमा ३८६ रन 
आशुतोष घिराइया (बागमती प्रदेश) –  ९ खेलमा २८२ रन 
विनोद भण्डारी (त्रिभुवन आर्मी) – ९ खेलमा ३५१ रन

Ncell

शतक प्रहार गर्ने खेलाडी 
अनिल साह (मधेस प्रदेश) – १२७ रन, गण्डकीविरुद्ध 
नरेन भट्ट (सुदूरपश्चिम प्रदेश) – १२१ रन, मधेसविरुद्ध 
आशुतोष घिरैया (बागमती प्रदेश) – ११८ रन, कोशीविरुद्ध 
मयन यादव (मधेस प्रदेश) – ११५ रन,  सुदुरपश्चिमविरुद्ध 
विनोद भण्डारी (त्रिभुवन आर्मी) –  ११३ रन,  मधेसविरुद्ध 
सन्दीप जोरा (नेपाल एपिएफ) – ११२ रन,  बागमतीविरुद्ध 
आसिफ शेख (नेपाल एपिएफ) – १०८ रन, कर्णालीविरुद्ध 
रशिद खान (नेपाल पुलिस) – नटआउट १०६ रन,  बागमतीविरुद्ध 
सुजन थपलिया (कोशी प्रदेश) – १०५ रन, पुलिसविरुद्ध 
विनोद भण्डारी (त्रिभुवन आर्मी) –  नटआउट १०० रन,  कर्णालीविरुद्ध 
(सबै शतक कीर्तिपुरस्थित त्रिवि मैदानमा बने)

बढी अर्धशतक प्रहार गर्ने खेलाडी 
रोहितकुमार पौडेल (नेपाल एपिएफ) – चार अर्धशतक 
किरण ठगुन्ना (सुदुरपश्चिम प्रदेश) – तीन अर्धशतक 
अर्जुन घर्ती (कर्णाली प्रदेश ) – तीन अर्धशतक 
पवन सर्राफ (मधेस प्रदेश) – तीन अर्धशतक 
६ खेलाडीले २ अर्धशतक 
३० खेलाडीले एक अर्धशतक 

उत्कृष्ट हुँदै पुरस्कार पाएका खेलाडी  

प्लेयर अफ दि टुर्नामेन्टः सूर्य तामाङ (बागमती प्रदेश)
उदीयमान खेलाडीः आशुतोष घिरैया (बागमती प्रदेश)
उत्कृष्ट ब्याट्सम्यान: अनिल साह (मधेश प्रदेश) – ३८६ रन
उत्कृष्ट बलर: सूर्य तामाङ (बागमती प्रदेश) – ३० विकेट
च्याम्पियन : नेपाल पुलिस क्लब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here