Monday, March 4, 2024

मुगुमा आगलागी हुँदा दुई दाजु-बहिनीको मृत्यु

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

२२ माघ, सुर्खेत । मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ ।

जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।

‘आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो’, डीएसपी थापाले अनलाइनखबरसँग भने, ‘पछि प्रहरीले दुईवटा जलेका शरीर भेटेको थियो ।’

शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुुसार लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारत भएका छन् ।

लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । ‘आमाले राति अबेरसम्म आगो तापेर बस्नुभएको रहेछ । राति पुरै आगो निभेको रहेनछ । त्यही आगो सल्केर आगलागी भएको देखिन्छ,’ डीएसपी थापाले भने ।

आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको थापाले बताए ।

उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको र आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...