Friday, October 18, 2024

३९२ किलो गाँजा बोकेको तेल ट्यांकर सहित दुई जना पक्राउ

ताजा / भरखरै प्राप्त

हेटौंडा, असोज २२ । त्रिभुवन राजपथ हुँदै पालुङबाट वीरगञ्ज गइरहेको ना ७ ख १७७१ नम्बरको तेल ट्यांकरमा ३९२ किलो लागूऔषध गाँजा भेटिएको छ ।

आज मंगलबार बिहान सवा ३ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पुर्व-पश्चिम सडक खण्डमा गाँजा बोकेको तेल ट्यांकरसहित दुई जनालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीले ट्यांकर चालक मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे घर भएका २६ वर्षीय रोशन पुरी र सहचालक ज्यामिरे बस्ने २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको हो।

ट्याङकरको पाँच वटा डिब्बामध्ये ३ नम्बर को डिब्बाभित्र २५ वटा पोका बनाएर गाँजा राखिएको अवस्थामा फेला पारिएको डिएसपी अर्यालले बताए ।मकवानपुरबाट लागूऔषध गाँजा भारत तस्करी हुँदै आएको छ ।

जिल्लाका विकट क्षेत्रमा गाँजा उत्पादन हुने गरेका छन्। प्रहरीले हरेक वर्ष गाँजा खेती नष्ट गर्ने अभियान चलाउँदै आए पनि यसको उत्पादन र ओसारपसारमा कमि भएको पाईंदैन । अनलाइन खबर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles