Friday, October 18, 2024

माधव, झलनाथ र घनश्यामले तोडे वाचाबन्धन, सयभन्दा बढी नेताले दिए पार्टी छाड्ने चेतावनी

ताजा / भरखरै प्राप्त

काठमाडौँ२२, असोज। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले ‘वाचाबन्धन’ उलङ्घन गर्दा पार्टीभित्र चरम निराशा र विभाजनको घण्टी बजेको नेताहरूले नै बताएका छन् ।

तीन नेताले गत असारमा सम्पन्न महाधिवेशन हलमा गरेको वाचाबन्धन उल्लङ्घन गर्दै महाधिवेशनपछि पदाधिकारी र पोलिटब्युरो चुनावमा गरेको क्रियाकलापले पार्टीमा चरम निराशा र विभाजनको रेखा कोरिएको नेताहरूको दाबी छ ।

Laxmi sunrise bank 2034

ती नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई भेटेर तत्काल गल्ती नसच्याए पार्टी एकता कायम रहन नसक्ने चेतावनी नै दिन पुगेका छन् ।

डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महत र सागर नेपाल लगायत सयभन्दा बढी नेताहरूले सोमबार अध्यक्ष माधव नेपाल, उपाध्यक्षहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधान गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन तथा पदाधिकारी र पोलिटब्युरो कमिटी खारेज गर्न माग गरेका छन् ।

Nabil bank

उनीहरूले पार्टीको दसौँ महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा त्यसको उल्टो निराशा र विभाजनका गम्भीर परिदृश्य देखा पर्न थाल्नु दुखद् विषय भएको बताएका छन् ।

‘यसो हुनुको मुख्य कारण महाधिवेशनको मञ्चबाटै सर्वसम्मतरुपमा निर्वाचित तीन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सबै प्रतिनिधिहरूका अगाडि गरेको वाचाबन्धनको उल्लङ्घन गर्नु रहेको छ’, सय भन्दा बढी असन्तुष्ट नेताहरूको समर्थनमा शीर्ष नेतालाई बुझाएको पत्रमा भनिएको छ । उनीहरुले आफूहरुका माग सम्बोधन नभए असन्तुष्ट सबै नेताहरुले पार्टीनै छाड्ने अवस्था आउने चेतावनी दिएका छन् । 

साथै उनीहरूले हालको नेतृत्वले पार्टी विभाजनपछि गरेका सङ्गठनात्मक कार्यलाई वैचारिक रूपमा के–कति एकताबद्ध गर्न सकिएको थियो र तिनको संरचनात्मक एकता कस्तो थियो भन्ने हेक्का समेत राख्न नसकेको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles