Friday, October 18, 2024

राैतहटलाई संकट ग्रस्त जिल्ला घाेषणा गर्न एमालेले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

ताजा / भरखरै प्राप्त

राैतहट, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी एमालेले वाढी संकट ग्रस्त जिल्ला धोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरि बुझाएको ज्ञापन पत्र अनुसार गत अशाेज ११र १२काे अविरल बर्षाका कारण अशाेज १३ गते राैतहट स्थित बागमती र लालबकैया नदिमा आएको प्रलयकारी भिषण वाढिले जन धनको ठुलो क्षति पुर्याएकोमा संकट ग्रस्त जिल्ला घाेषणा गर्न माग गरेका हुन ।

ज्ञापन पत्र बुझाउने क्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा राैतहट जिल्ला ईन्चार्य अजय कुमार गुप्ताले भने अनुसार प्रलयकारी वाढिले बागमती र लालबकैया नदीको बाध ठाउं ढाउमा बगाई छतविछत तुल्याएका छन ।

केन्द्रीय सदस्य गुप्ताका अनुसार हिलो लेदो मिसिएको भिषण बाढिकाे पानी हजाराै जनताको धर धरमा प्रवेश गरि अपुर्णिय क्षति पुर्यायानुको साथै हजारौं हजार विगहामा लगाइएको धानवली पुर्ण रुपले नष्ट भएको हाे ।

किसानले लगाएको हजाराै विगहा तरकारी खेति ,सयाै पोखरीको माछा तथा कुखुरा पालनको साथै जिल्लाका विभिन्न सडक र बागमती र लालबकैया नदिमा राैतहट स्थित बीस भन्दा बढि ठाउमा वाधं ताेडी बगाएको केन्द्रीय सदस्य गुप्ताले बताए । तै पनि सरकारले के कति कारणले राैतहटलाई बाढि संकट ग्रस्त धाेषणा गरेन पुन:ध्यानाकर्षण गरि जिल्लालाई संकट ग्रस्तको सुचीमा राख्न माग समेत गरेका छन ।

परवानीपुर बारामा रहेको बागमती र लाल बकैया नदि नियन्त्रण कार्यालय गाैरमा राख्न तथा राैतहटको गरुमा रहेको श्री राम सुगर मिल्स लिमिटेड अविलम्ब सञ्चालन गराउन सो ज्ञापन पत्र मार्फत माग गरिएको छ । साे अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्व सांसद रेखा झा ,जिल्ला अध्यक्ष सचितानन्द साह, पार्टीका नेता राम किशाेर साह, श्यामसुन्दर पटेल,मिथिलेश झा, ओम प्रकाश मधेसीया सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles