Friday, October 18, 2024

रौतहटमा धारिलो हतियार प्रहार गर्दा एक व्यक्ति घाइते

ताजा / भरखरै प्राप्त

जितेन्द्र कुमार दास । रौतहट, असोज २३। रौतहटमा धारिलो हतियार प्रहारबाट एक जना घाईते भएका छन् ।
रौतहटको गढिमाई नगरपालिका वडा नं. १ समनपुर बस्ने ३५ बर्षीय चन्दन साह घाइते भएका छन् । मंगलबार राती करिब ८:३० बाजेको समयमा रौतहट गरुडा नगरपालिका-९ नरकटिया गाउँ देखि समनपुर तर्फ ना ४८ प ४५५७ नं को मोटरसाइकलमा जादै गरेको अवस्थामा नाम थर नखुलेको अपरिचित ब्यक्तिले टाउको, टाउको पछाडी र बाया हातमा धारीलो हतीयार खुकुरी प्रहार गरि साहलाई घाइते बनाएका छन् ।

घाइते भएको साहको उपचार सरस्वती हस्पिटल गरुडामा भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएका छन ।

सो घटना स्थित ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका टोलिले खोजतलास गर्दा खुकुरी-१ थान र कटुवा पेस्तोल-१ थान फेला परेको हो । पछीलो प्राप्त समाचार अनुसार घाइते भएको ब्याक्ती साहको थप उपचारको लागि नेपाल मेडिसिटि ब्ययोधा अस्पताल बिरगंज रेफर गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles