Friday, October 18, 2024

भारतीय वन रक्षकले हानेको गोली लागेर नेपाली घाइते

ताजा / भरखरै प्राप्त

नेपालगञ्ज, असोज । भारतीय सशस्त्र वन रक्षकले हानेको गोली लागेर एक नेपाली घाइते भएका छन् । बर्दियाको गुलरिया नगरपालिका–८ आशापुर टोलका बलराम लोध (४५) घाइते भएका हुन्।

बलराम च्याउ टिप्न साथीहरुसँगै आइतबार साँझ सीमावर्ती मुर्तियाको जंगलमा पुगेका थिए । आफूहरुलाई देख्नासाथ भारतीय सशस्त्र वन रक्षकको गस्ती टोलीले दुई राउन्ड गोली चलाएको घाइते बलरामले जानकारी दिए।

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको टाउको, ढाड, हात र खुटटामा १६ वटा छर्रा लागेको छ। उनले भने, लोधले भने, ‘भाग्दै नेपालतर्फ आएर ज्यान जोगाएँ ।’ गोलीको छर्रा लागेर घाइते भएका बलरामलाई उनका आफन्तले जिल्ला अस्पताल, गुलरिया पुर्‍याएका थिए।

जिल्लाले थप उपचारका लागि नेपालगञ्ज लैजान भनेपछि आइतबार राति शिक्षण अस्पताल आइपुगेका हुन् ।बलरामको परिवारको खेत नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेको ६२ नम्बर पिल्लर नजिकै छ ।

खेतको दक्षिणतर्फ जंगल छ । भारतबाट जंगली जनावर आएर धानबालीमा नोक्सान गरिदिन्छ । वन्यजन्तु धपाउँदै भारतीय जंगलतर्फ जाँदा भारतीय वन रक्षकहरुले धम्काउनुका साथ कुटपिट गर्ने गरेको छन्।

थुपै पटक गोली समेत चलाउने गरेका छन् । १ असार २०८१ मा गुलरिया नगरपालिका वडा–९ का खगेन्द्र सुनारलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । त्यसक्रममा खुटटा भाचिएका उनलाई छाड्न ५० हजार बुझाउनुपर्ने शर्त राखेका थिए । अनलाइन खबर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles