Tuesday, April 1, 2025

सप्तरीमा बस पल्टिँदा २१ वर्षीया युवतीको मृत्यु, २६ जना घाइते

कार्तिक ४ । सप्तरीको कञ्चनरुप नगरपालिको बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। 

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ। 

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ। दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो। रासस

लोकप्रिय