श्रमजीवी पत्रकार संघ नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन सम्पन्न

0
60

रौतहट, माघ १२ । श्रमजीवी पत्रकार संघ नेपाल रौतहट जिल्ला कार्य समितिको प्रथम अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति र १३ सदस्यीय सल्लाहकार सदस्य रहने गरि समिति गठन गरिएको छ।

कार्यसमितिका अध्यक्षमा सन्तोष पौडेल, उपाध्यक्षमा राकेश यादव , महिला उपाध्यक्षमा पुजा जैसवाल, कोषाध्यक्षमा जितेन्द्र कुमार दास, सचिवमा अभिमन्नु पटेल , सहसचिवमा मो. मोजिबुल्ला र समावेशी सहसचिवमा सोनु महतो चयन भएका छन् ।
त्यसैगरी, राधेश्याम साह , दिलिप पान्डे , सत्येन्द्र प्रताप सिंह , अरमान उपाधाय , दिवेन्द्र साह , रौशन साह र कार्यसमितिका सदस्य चयन भएका छन । त्यसैगरी सल्लाहकारमा रबिन्द्र साह , मोहम्द तन्बिर आलम , दिपक श्रीवास्तव , त्रिभुवन ओझा , शेख समिउल्ला , विश्वनाथ राम , समीर आलम, रमेश सिंह , सुमित यादव, मोह्मद अफताब हास्मी ,प्रवीण कुमार सिंह , मो. ओजिर आलम , अरबिन्द कुमार यादव , चन्दन कुमार महतो चयन भएका हुन।

सो श्रमजीवी पत्रकार संघ नेपाल कार्यक्रममा प्रमुख अतिथि मा. सोभा साह , विशिस्ट अतिथि श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसी , नेपाली काङ्ग्रेस रौतहटबाट चिरञ्जीवी प्रताप सिंह , नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रबिन्द्र साह , प्रेस मंचका रौतहट अध्यक्ष किशोरी यादव लगायत विभिन्न मिडियाका संचालक , पत्रकार , सम्पादकहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here