एकीकृत समाजवादीको निष्कर्ष: अहिलेको सत्ता गठबन्धन अराजनीतिक साँठगाँठ

0
34

काठमाडौं, माघ १५। नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सत्ता गठबन्धनलाई अराजनीतिक साँठगाँठको संज्ञा दिएको छ।

सोमबार पार्टीका निर्णय र निर्देशन अन्तरपार्टी निर्देशनमार्फत् जारी गर्दै गठबन्धनका अयोग्यताले आम असन्तुष्टि बढ्ने निष्कर्ष निकालेको छ।

‘सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ,’ एकीकृत समाजवादीले निष्कर्ष सुनाउँदै भनेको छ।

वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको एकीकृत समाजवादीको ठहर छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको एकीकृत समाजवादीले बताएको छ। 

Laxmi bank

‘संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ। यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ । देशमा महंगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको छ। यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमीन प्लटिङ (खण्डीकरण) गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ,’ एकीकृत समाजवादीले अपानिमा भनेको छ।

Nchl
Ncell

सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न पनि नसकेको उसले बताएको छ। ओली नेतृत्वको सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएकाले पार्टीसमेतको पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपर्युक्त गलत क्रियाकलापका विरुद्ध उभिएको उसको बुझाइ छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here