स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ

0
74

काठमाडौं, माघ १५। काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। उनलाई आइतबार दिउँसो साढे ४ पक्राउ गरेको हो।

कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।

Laxmi bank

यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here