बहालको १४ सय रूपैयाँ नदिएपछि घरबेटीले गरे डेरावालको हत्या

0
56

माघ २५ । पाल्पाको तानसेन नगरपालिका-१४ साँचामा ५२ वर्षीय रूद्रबहादुर बुढाथोकीको हत्या भएको घटनामा सोही घरका घरबेटी पक्राउ परेका छन्।

बुधबार बिहान ८ बजे रूद्रबहादुर मृत फेला परेको घरका घरबेटी ३१ वर्षीय माधव विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए। उनकाअनुसार विष्टले हत्या स्वीकार गरिसकेका छन्।

रूद्रबहादुर रिब्दीकोट गाउँपालिका-१ जोगीथुमका हुन्। मजदुरी गर्ने उनी विगत ६ महिनादेखि तानसेन बस्दै आएका थिए।

साँचामा ढुंगामाटोले बनेको माधव विष्टको दुई तले घरको एउटा कोठामा मासिक ५०० भाडा बुझाउने गरी उनी बहालमा बसेका थिए। बुधबार बिहान कोठामै मृत भेटिएपछि प्रहरीले घरबेटी विष्टलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरेको थियो। रूद्रबहादुरको शरीरमा चोटसमेत थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here