सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनलाइन टिभी पत्रकार संघको प्रदर्शन

0
47

माघ २७ । अनलाइन टिभी पत्रकार संघले सरकारले सदनमा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक फिर्ताको मागसहित प्रदर्शन गरेको छ।

संघले आइतबार काठमाडौंको माइतीघर मण्डलमा सामाजिक सञ्जालसम्बन्धी विधेयकविरूद्ध विरोध प्रदर्शन गरेको हो।

उनीहरूले ‘आलोचना गर्ने अधिकार खोस्न पाइँदैन, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ’ जस्ता लेखिएको प्ला कार्डसहित प्रदर्शन गरेका हुन्।

संघका अध्यक्ष जीवन भण्डारीले सरकारले सदनमा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताए। विधेयकका कतिपय प्रावधानमाथि अनलाइन पत्रकार संघले पनि आपत्ति जनाएको छ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सामाजिक सञ्जालसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ।

सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here