प्रभु साहलाई प्रधानमन्त्री ओलीको प्रतिप्रश्न: म मेनपावरको मान्छे हुँ?

0
56

४ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहमाथि आक्रोश पोखेका छन्। 

सांसद साहले ७० लाख युवाले विदेशमा कमाएको रकम हुन्डीकारोबारीमा मिलान गराएको विषयमा मौन बसेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। 

उनले भनेका थिए, ‘झन्डै ७० लाख नेपाली युवाहरू वैदेशिक रोजगारीमा छन्।  यसअनुसार ४० खर्बभन्दा बढी रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेसम्मको रिपोर्टले देखि १४ खर्ब मात्रै आउने वाला छ। मेरो प्रश्न प्रधानमन्त्रीसँग छ। नेपाली युवाहरूले विदेशमा पसिना बगाएर कमाएको रकम हुन्डी कारोबारमा मिलान भइरहँदा तपाईं किन मौन बस्नु भयो? नेपाली युवाहरू भ्रष्टाचार‍ीको कालोधन साट्न मरिमेटिरहेका छन् ? ‘

जवाफमा ओलीले भने, ‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका घृणा आक्रोश अपमानजनक छन्। संसद् जस्तो सम्मानजनक ठाउँमा विदेश युवा पठाएर भन्ने भाषा बोलेर के लाभ भयो? के मेनपावर व्यवसायी हो? तपाईंले भनेको ७० लाख यो सात महिनामा गएका हुन्?’

फ्लोरबाट साहले प्रतिक्रिया दिन खोज्दा सभामुख देवराज घिमिरेले आजको बैठकमा दोहोरो प्रश्नोत्तर नहुने भन्दै आसन ग्रहण गर्न आग्रह गरे।त्यसपछि ओलीले साहको प्रश्नको जवाफ दिन आवश्यक नभएको बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here