२७ वर्षपछि दिल्लीमा भाजपा सरकार, मुख्यमन्त्री गुप्ताले लिइन् शपथ

0
40

फागुन ८ । दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा)ले सरकार बनाएको छ।

विधानसभाको ७० सिटमध्ये ४८ सिटमा विजय हासिल गर्दै भारतको सत्तारूढ दल दिल्ली विधानसभामा २७ वर्षपछि सरकार बनाएको हो।

यहाँ भाजपाले रेखा गुप्तालाई मुख्यमन्त्री बनाएको छ। मुख्यमन्त्री गुप्ताले बिहीबार शपथ ग्रहण समेत गरिसकेकी छन्।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अन्य अरू नेताहरू पनि उपस्थित थिए।

मुख्यमन्त्री गुप्तासहित प्रवेश वर्मा, मनजिंदर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, आशीष सूद, कपिल मिश्रा र कम्पसकुमार सिंहले मन्त्रीको शपथ लिएका छन्।

उनीहरुको मन्त्रालय तोकिइसकेको छैन।

Laxmi bank

प्रवेश वर्माले नयाँ दिल्ली सिटमा पूर्व मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई पराजित गरेका थिए।

उनले केजरीवाललाई पराजित गरेपछि मुख्यमन्त्री पनि उनी नै बन्ने चर्चा चलेको थियो। भाजपामाथि परिवारवाद प्रश्रय दिएको भनेर आलोचना भइराख्छ। प्रवेशका बुवा दिल्लीका पूर्वमुख्यमन्त्री हुन्। उनी भाजपाका शीर्षस्थमध्येका एक नेता पनि हुन्। प्रवेशलाई मुख्यमन्त्री बनाउँदा विपक्षीहरूले आलोचना गर्ने बाटो पाउँछन् भनेर यसापलि भाजपाले रेखालाई मुख्यमन्त्री बनाएको बिबिसीले उल्लेख गरेको छ।

Nchl
Ncell

अर्कातिर बिधानसभा चुनावको प्रचारप्रसार क्रममा आम आदमी र भाजपा दुवैले महिला लक्षित योजनाहरू सार्वजनिक गरेका थिए। भाजपाले त आफूले चुनाव जिते महिलाहरूलाई प्रत्येक महिना २५ सय रूपैयाँ भत्ता दिने घोषणा गरेको थियो।

चुनाव प्रचारप्रसार पनि महिलालाई केन्द्रबिन्दु बनाएर गरिएको र त्यस्ता प्रतिबद्धताहरू पूरा गर्नका लागि पनि महिलालाई नै मुख्यमन्त्री बनाइएको हुन सक्ने भनेर बिबिसीको समाचारमा उल्लेख छ।

गुप्ता राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र अखिल भारतीय विद्यार्थी परिषद् (एबिवीपी) दुवै पृष्ठभूमिका हुन्। त्यसले पनि उनी मुख्यमन्त्री दाबी बढाएको भनिएको छ।

योसँगै केन्द्रीय राजधानी रहेको दिल्लीमा भाजपाले २७ वर्षपछि सरकार बनाएको छ। भाजपाले यसअघि सन् १९९३ मा अत्यधिक बहुमतको सरकार बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here