‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ को उपाधि सन्तोषी र मिङ्‌मारलाई

0
33

११ फागुन, काठमाडौं । धावक सन्तोषी श्रेष्ठ र मिङ्गमारसिंह तामाङले शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन्। रुपन्देहीको बुटवलमा आइतबार सम्पन्न प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङ्गमार च्याम्पियन बनेका हुन्। 

उपाधि जितेसँगै दुवै जनाले जनही एक लाख रुपैयाँ प्राप्त गरे। सन्तोषीले निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पूरा गरिन्। पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं स्थानमा रहे। 

पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडवाल पाँचौं भए।

दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन्। 

यस्तै, स्थानीय पाँच किलोमिटर स्पर्धामा शिव रायमाझी र पूजा पछाईं विजेता बने। पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों बने। महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौ बने।

यस्तै भेट्रान्स स्पर्धामा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनिन्। पुरुषतर्फ युवबहादुर राना पहिलो, गोविन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौँथो भए। दुवै स्पर्धाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन्।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here