Sunday, March 30, 2025

७ किलोग्राम लाागूऔषध पोल्यान्डसहित दुई जना पक्राउ

काठमाडौँ, १४ चैत। काठमाडौँको सिनामंगलबाट सशस्त्र प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । करिब ७ किलोग्राम लाागूऔषध पोल्यान्डसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा खोटाङको लामिडाँडा–७ घर भएर गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ घर भएर सिनामंगल बस्ने ४५ वर्षिया लक्ष्मी परियार छन् । सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई कानुनी कारबाहीका लागि सशस्त्रले स्थानीय प्रहरीलाई जिमा लगाएको छ । 

यसअघि सशस्त्रले फागुन १ मा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ मा कोटेश्वरबाट पाँच किलोग्राम दरको लागूऔषधसहित तीन जना युवकलाई पक्राउ गरेको थियो ।

लोकप्रिय