Wednesday, April 16, 2025

कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ

२५ चैत, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान हुँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले गरेको आदेशलगत्तै पक्राउ परेका लामिछानेलाई सोमबार कारागार चलान गरिएको हो ।लगत्तै, उनलाई शनिबार भैरहवा लगिएको थियो । शनिबार र आइतबार हिरासतमा बिताएका लामिछानेले सोमबार कारागार चलान भएका हुन् ।

लामिछाने कारागार चलान हुँदैगर्दा एक सञ्चारकर्मीले ‘अदालतको आदेशमा केही भन्नु छ ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले भनेका छन्, ‘केही भन्नु छैन, सम्मान छ ।’

जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ ।

यो कारागार ९० वर्ष पुरानो हो ।

लोकप्रिय