Saturday, April 19, 2025

भलुवाही गाउँबाट १० लाख रुपैयाँ बढीको अबैध कपडासहित गाडी नियन्त्रणमा

बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित आइतबार एक गाडी नियन्त्रणमा लिएको छ ।

बा. प्र. ०१–०२७ च ८५०३ नम्बरको टाटा  पिकअप गाडीमा  बिरगंज महानगरपालिका– १६ भुटनदेबि मन्दिर नजिकबाट लोड गरी जितपुर–सिमरातर्फ लैजान लागेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले भन्सार छलीको कपडा र गाडी नियन्त्रणमा लिएको हो । 

गाडिलाइ पिछागर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी र गाडी आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

Laxmi sunrise bank 2034

बरामद गाडीको भन्सार दाखिला मुल्य २५ लाख र लत्ताकपडाको मुल्य १० लाख ८ हजार सहित जम्मा भन्सार दाखिला मुल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

लोकप्रिय