Sunday, April 13, 2025

राजावादीलाई गृहमन्त्रीको प्रश्न– ‘ज्युँदो मान्छे जलाउँदा पुण्य मिल्यो ?’

२९ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिन्दु धर्मका नाममा अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् ।

‘संसारकै उत्कृष्ट हिन्दू धर्मलाई निकृस्ठ राजनीतिमा प्रयोग नगरौं,’ गृहमन्त्री लेखकले शुक्रबार कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा भने, ‘हिन्दू धर्मअनुसार अर्काको हित चिताउनु पुण्य हो । अर्कालाई पीडा दिनु पाप भयो ।’

यस्तो मान्यता वा आस्था राख्नेहरूका गतिविधि आपराधिक हुन नसक्ने उनले बताए । ‘ज्युँदो मानिस घरभित्र जलाउँदा पुण्य भयो ?,’ राजावादी प्रदर्शनकारीलाई गृहमन्त्रीको प्रश्न छ ।

१५ चैतमा भएको तीनकुने घटनालाई संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्या गर्दै उनले फेरि पनि निरंकुशता लाद्ने प्रयास सफल हुन नसक्ने बताए ।

जन्मले नै शासक हुने कल्पना अब कसैले गर्न नहुने भन्दै उनले त्यस्तो व्यवस्था अब फर्कन नसक्ने बताए । ५/५ वर्षमा आवधिक चुनाव हुने र त्यसबाट कुनै पनि नागरिक देशको कार्यकारी चुनिन सक्ने व्यवस्था नै उत्कृष्ट रहेको उनको भनाइ छ ।

लोकप्रिय