Saturday, June 28, 2025

‘कानुनमन्त्रीले न्यायाधीशलाई फोन गरेर अदालत प्रभावित पार्न खोजे’

५ असार, काठमाडौं । सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियामाथि न्यायाधीशहरुलाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि बोल्ने क्रममा सांसद अमरेश कुमार सिंहले कानुनमन्त्री चौरसियामाथि न्यायाधीशहरुलाई फोन गरेर विचाराधिन मुद्दाहरु प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।‘म सुन्दै आइरहेको छु, कानुनमन्त्रीले बिहानबिहानै कसैको मुद्दा जिल्ला अदालतमा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ, उच्च अदालतमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ’ सांसद सिंहले भने, ‘सर्वोच्च अदालतमा छ भने त्यही न्यायाधीशलाई फोन गर्नुहुन्छ ।’

उनले कानुन तथा न्यायमन्त्री अजयकुमार चौरसियाको कल डिटेल रेकर्ड हेरेर छानबिन गर्नुपर्ने माग समेत गरे । उनले कानुनमन्त्रीले न्यायाधीशहरुमाथि फोन गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाए ।

लोकप्रिय