Friday, October 18, 2024

मेरो नभए पनि देशको सपना पूरा भएको छ, खुसी छु : सन्दीप लामिछाने

ताजा / भरखरै प्राप्त

जेठ १४ । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी भएको बताएका छन्। 

सोमबार सामाजिक सञ्जालमा सन्दीप लेख्छन्, ‘साँच्चै, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने, मेरो देशको सपना पूरा भएको छ।’

बलात्कार मुद्दामा उच्च अदातलते सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विश्वकप खेल्ने टोलीमा पठाउन पहल गरेको थियो। तर अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनी विश्वकप खेल्न अमेरिका जान सकेका छैनन्।

यद्यपि, अहिले उच्च तहबाट नै उनलाई भिसा दिलाउन पहल भइरहेको छ।

भिसा पाउने-नपाउने अन्योलकै बीच सन्दीपले सोमबार सामाजिक सञ्जालमा देशको सपना पूरा भएकामा खुसी व्यक्त गरेका हुन्।

विश्वकपमा सहभागिताका लागि सन्दीपलाई भिसा दिलाउन सोमबार मात्रै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए।

सोमबार दूतावास बन्द रहेकाले मंगलबार आफूले पहल गर्ने मन्त्री श्रेष्ठले जवाफ दिएका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles