Friday, October 18, 2024

झ्याप्लेखोला अपडेटः थप १९ शवको सनाखत (नामावली)

ताजा / भरखरै प्राप्त

दुईजना काठमाडौँका, अरू कुन जिल्लाका?

असोज १५ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलामा बससँगै पहिरोमा पुरिएका थप १९ शवको सनाखत भएको छ।

झ्याप्लेखोलाको एउटै पहिरोमा सानाठूला गरी चारवटा बस र ३५ शव फेला परेका थिए।

तीमध्ये थप १९ वटा शवको सनाखत गरिएको धादिङ प्रहरीले जानकारी दिएको हो। 

धादिङ प्रहरीका प्रहरी निरीक्षक सिलवालका अनुसार पर्वतको कुश्मा नगरपालिका–२ बस्ने ३१ वर्षकी पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट–७ बस्ने वर्ष २८ को नवराज पन्त, रुकुम पश्चिमको मुसिकोट–१५ बस्ने वर्ष ३९ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका–४ बस्ने वर्ष ४० का नवराज तिवारी, बझाङ जयपृथ्वी-१ बस्ने वर्ष २३ का नवीन सिंह र चितवनको भरतपुर महानगरपालिका–२१ बस्ने वर्ष २१ की अनिता थापा मगरको सनाखत भएको हो। 

यस्तै मकवानपुरको मनहरि गाउँपालिका–९ बस्ने वर्ष ३३ की सन्तु विक, काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ बस्ने वर्ष ४८ का आनन्द राजवंशी, चितवन खैरहनी नगरपालिका–३ बस्ने वर्ष १९ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका–३ बस्ने वर्ष २६ का जनक कुँवर, चितवन भरतपुर महानगरपालिका–९ बस्ने वर्ष ५३ का मोहन दास आचार्यको सनाखत भएको छ।

प्रहरी निरीक्षक सिलवालका अनुसार सनाखत हुने थप मृतकमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१ बस्ने वर्ष ५६ का नरेन्द्र खत्री, गोरखा भीमसेन थापा गाउँपालिका–४ बस्ने वर्ष ४७ का मदन परियार दमाईं, सोही स्थानका वर्ष १५ का विनायक भट्टराई, सोही गाउँपालिकाको धोर्चे–७ बस्ने वर्ष २७ मन सुके दमाईं छन् भने बागलुङ बडिगाँड गाउँपालिका–२ बस्ने वर्ष ५२ का इन्द्रजित राना, सोही स्थानकी ४० वर्षीया भीमकुमारी राना, जुम्ला सिँजा गाउँपालिका–६ बस्ने वर्ष ३९ का हरिबहादुर बुढा र धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने वर्ष २६ की लीलामाया तामाङ छन्। 

झ्याप्लेखोला पहिरोबाट निकालिएका जम्मा ३५ शवमध्ये १३ वटाको भने आइतबार नै सनाखत भइसकेको छ। 

बाँकी २२ शवमध्ये हालसम्म १९ वटा शवको सनाखत भएको र अझै ३ वटा शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

झ्याप्लेखोला पहिरोमा गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस र बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस यात्रुसहित पुरिएको अवस्थामा भेटिएका थिए। सभार-नेपाल खबरबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles