Friday, October 18, 2024

पञ्चवर्षीय गढीमाई मेला सञ्चालन गर्न  समिति गठन

ताजा / भरखरै प्राप्त

कलैया, असोज १५। पञ्चवर्षीय गढीमाई मेला सञ्चालन गर्न  समिति गठन गरिएको छ । आगामी मङ्सिरमा लाग्ने मेलालाई सभ्य, भव्य बनाउन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक  सय ११ सदस्यीय समिति गठन गरिएको हो ।

Tata
Folliderm

समितिको उपाध्यक्षहरूमा मनोजकुमार गुप्ता, रामचन्द्रप्रसाद साह, रामबाबुप्रसाद यादव र कलैश महतो भएको नवगठित मेला समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

Laxmi sunrise bank 2034

समितिको महासचिवहरूमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता, सचिवहरूमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया चयन भएका छन् ।

Shivam Cement

समितिको सदस्यमा सबै राजनीतिक दलका प्रतिनिधि, १६ वटा पालिकाका प्रमुख र उपप्रमुख छन् । गढीमाई मेलामा एसिया महादेशका अधिकांश ठाउँबाट मेला भर्न तीर्थयात्रीहरू आउने गर्दछन् । सभार-रातोपाटि

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles