Friday, October 18, 2024

राजदेवी नगरपालिकाका सुत्केरी महिला तथा बाढ़ी पीड़ित परिवारलाई राहत

ताजा / भरखरै प्राप्त

रौतहट, असोज २३ । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा बुधवार सुत्केरी महिला तथा बाढ़ी पीड़ित परिवारलाइ राहत सामग्री वितरण गरिएको छ ।

गौर नर्सिंग क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा असल छिमेकी नेपाल कास्की पोखराको सहयोगमा राहत सामग्री बितरण गरिएको हो । राजदेवी नगरपालिका वड़ा नम्बर १,३,५ का सुत्केरी महिला तथा वड़ा नम्बर ६ र ९ का बाढ़ी पीड़ित परिवारलाइ राहत दिइएको राजदेवी नगरपालिकाले जनाएको छ ।

सुत्केरी तथा गर्भवती महिलाहरुलाई ऊनि टोपी ,उलेन सल , बेबी ब्लेंकेट आमाको लागि उलेन टोपी , घी आधा केजी , जवाइन २०० ग्राम , मेथी १०० ग्राम ,खानेतेल १ लीटर ,नुहाउने साबुन ३ पीस , लुगा धुनें साबुन ४ पीस गरी पैकिंग गरिएको सामग्री २३० जनालाइ वितरण गरिएको छ । बाढ़ी पीड़ित परिवारलाइ चामल २५ किलो , दाल ३ किलो , नून १ किलो , चीनी १ किलो , चिउरा २ किलो , स्वाबीन आधा किलो , चायपत्ती २०० ग्राम टूथपेस्ट , टूथब्रस, सेनेटरी पैड , पोलर बलैंकेट मेडियम १ पीस , डबल लेयर बलैंकेट १ पीस , त्रिपाल १ थान , प्लास्टिक मैट १ पीस सामान राखिएको पैकिंग २५० जना परिवारलाइ दिइएको छ ।

राहत वितरण कार्यक्रममा सम्वोधन गर्दै राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादवले बाढ़ीबाट सवै भन्दा बढ़ी क्षति किसानलाइ भएकोले किसानको क्षति पूर्ति दिलाउने समेत बताए।

बाढ़ीबाट प्रभावित भएका नगरपालिकाका स्थानीयलाइ संघ सस्थाको सहयोगमा सवैलाइ राहतको व्यवस्थापन समेत गराउने प्रतिबद्धता व्यक्त गरे । राजदेवी नगरपालिकाको बाढ़ी पीड़ित परिवारलाइ सहयोग गर्ने संघ सस्था संग सहकार्य गर्न नगरपालिका त्यार रहेकोले इच्छुक संघ सस्थालाइ आवश्यक सहयोग गर्न आग्रह गरे ।

नगरपालिकाले कृषि ,भौतिक पूर्वाधार, माछा ,तरकारी खेती लगायतका क्षति बारे विबरण संकलन गर्ने कार्य जारी राखेको जानकारी दिदै जसरी भएपनि किसानलाइ तथा प्रभावित परिवारलाई राहत दिलाउने बचन दिए ।

पीड़ितलाइ हतास नहुन अनुरोध गर्दै मेयर यादवले पीड़ितको दुःखमा गर्दै आएको सहयोग निरन्तर जारी राख्न असल छिमेकी नेपाललाइ अपील गरे । राहत वितरण कार्यक्रममा उपप्रमख राज कुमारी देवी , प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ , समाजसेवी नबीन सिंह , पवन साह , लगायतको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles