प्रमुख प्रशासकिय अधिकृत गुप्ताको कार्यशैली उत्तम – कार्यपालिका इशनाथ नगरपालिका

0
97

रौतहट , ०७ फाल्गुन । रौतहटको इशनाथ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताको कार्यशैली सराहनिय रहेको छ । यहि माघ २८ गते सोमबारका दिन बसेको इशनाथ नगरपालिकाको सातौ कार्यपालिका बैठकले प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताको कार्यशैलिको प्रसंशा गरेको छ । कार्यपालिका बैठकले निर्णय गर्दै इशनाथ नगरपालिकामा गुप्ता प्रमुख प्रशासकिय अधिकृत भएर आए देखि नगरपालिका भित्र सुशासन , समृद्धि , शिक्षा, कृषि , स्वास्थ्यमा सुधार भएको बताएको छ ।

प्रमुख प्रशासकिय अधिकृत गुप्ताले कार्यभार सम्हाले देखि नगरपालिका बाट छिटो छरितो सेवा प्रवाह हुने गरेको , जनताले शास्ती भोग्ने अवस्था नरहेको , नागरिक र पालिकाको सम्बन्ध नङ मासुको भएको कार्यपालिकाले निष्कर्ष निकालेको छ ।

आगामी दिनमा समेत प्रमुख प्रशासकिय अधिकृतको कार्यशैली यस्तै रहोस र समृद्ध सुखी इशनाथ होस भन्ने कार्यपालिकाले जनाएको छ । नगर प्रमुख कौशल्या देविले ब्यक्तिगत रुपमा समेत प्रमुख प्रशासकिय अधिकृत गुप्तालाइ धन्यवाद दिनु भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत गुप्ता आए देखि छिटी छरितो सेवा प्रवाह , गुणस्तरीय बिकास निर्माणका कार्य , स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधिको ब्यबस्था , बिधालयमा छात्राका लागि सेनेटरी प्याडको उपलब्धता गराउनु भएको छ ।

नियम प्रक्रिया अपनाएर काम गर्दा स्वार्थ पूरा नभएका केही सिमित ब्यक्तिहरु सूचना गोप्य भएको भनेर दुस्प्रचार गर्ने गरेको नगरप्रमुख कौशल्या देविले बताउनु भएको छ । पत्रिकामार्फत सार्वजनिक सूचना जारी गरेर गरेको कामलाइ पनि गोप्यको सङ्या दिने ब्यक्ती प्रती लक्षित गर्दै नगर प्रमुख कौशल्या देविले सत्य तथ्य बुझेर लेख्न सम्बन्धित सवैलाइ आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here