सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए करिब २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ कुशाङ

0
48

चैत ०५ । काठमाडौंको झोरबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।

सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी (ना ७ ख १६५२)  र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो।

पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका- १ का कुशाङ लामा रहेका छन्। उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए। प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाएको थियो। लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो।

शंका लागेपछि काठमाडौंको झोरबाट उक्त गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।

Ncell

उनीबाट प्रहरीले युरो र अमेरिकी डलर बरामद गरेको हो।

गाडीको क्याबिनमा फल्स बटम बनाएर लामाले त्यसमा पैसा लुकाएर लैजाँदै गरेका थिए। ट्रकको पछाडि भने खाली नै थियो।

प्रहरीले थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग पठाइने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here