मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जले

0
24

५ चैत, विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाकाे मृत्यु भएको छ ।

धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाकाे मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।

आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् ।

चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार आगलागी नियन्त्रणकाे प्रयास भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here