Tuesday, April 1, 2025

दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको ‘कमाण्डर’

काठमाडौँ, १४ चैत । व्यवस्था उल्टाउन लागि परेको नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईंलाई विशेष जिम्मेवारी दिएको छ । समितिमा दुर्गा प्रसाईलाई कमाण्डरको जिम्मा दिइएको संयोजक सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनी नेतृत्वको महाभियानले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्नुपूर्व नै चैत्र १५ गतेदेखि सुरु हुने गरी आन्दोलन घोषणा गरेकाले आफ्नो समितिले अपनत्व लिएको सुवेदीले बताए । 

लोकप्रिय