Tuesday, April 30, 2024

स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँः अध्यक्ष नेपाल

ताजा / भरखरै प्राप्त

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको अवस्थामा पनि आफूहरूको अवस्था काँप्नु पर्ने नरहेको उनले दाबी गरे ।

पार्टी निकट अखिलले बुधवार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेता नेपालले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि गठबन्धन दल मिलेर जाने दाबी गरेका हुन् ।जेठमा स्थानीय तहको चुनाव मिति घोषणा गर्ने सरकारको तयारी छ ।

‘जेठ महिनामा स्थानीय चुनाव हुन गइरहेको छ, गठबन्धनका दल मिलेर अगाडि बढ्ने छन् । यसका लागि छलफल चलाइराखेका छौं,’ नेता नेपालले भने, ‘राष्ट्रिय सभा निर्वाचनदेखि विजयको यो यात्रा जारी छ । मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा पनि नयाँ परिणाम हासिल गर्नेछ । देश गठबन्धनको राजनीतिमा अगाडि बढ्ने छ ।’

नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै नलिई गठबन्धन तोड्न गरेको प्रयत्न सफल नहुने बताए । ‘कसैले चाहना राखेको होला, गठबन्धन तोड्नुस् साथ दिन्छु भनेका होलान् । अनेक कोशिश गरेका गलत मनसाय सफल हुन दिदैनौँ,’ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछिको कार्यक्रममा नेता नेपालले भने ।

नेता नेपालले अहिलेको वाम लोकतान्त्रिक र प्रगतिशील गठबन्धनको तरंगले दक्षिणपन्थी शक्ति आत्तिएको दाबी गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles