रौतहटमा बर्दी लगायर नर्तकीसंग नृत्य गर्ने सई कारबाहीमा

0
529

रौतहट, भदौ ५ । सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्।

रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै नर्तकीसित अश्लील नृत्य गरेपछि कारबाहीमा परेका हुन् ।

कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अश्लील नृत्य गरेका थिए।

धार्मिक मेलाको अवसरमा आयोजक समितिले अश्लील भोजपुरी गीतको नृत्य आयोजना गरेपछि मातिएर सई साह स्टेजमा नै चढेर नर्तकीसित टाँसिई टाँसिई अश्लील नृत्य गरेपछि उनको आलोचनासँगै भिडियो भाइरल भएको छ।

शान्ति सुरक्षामा रहनुपर्ने प्रहरी नै अश्लील नृत्य गरेपछि जिल्ला प्रहरी कार्यालय रौतहट तानिएको छ। सभार-रिपोर्ट नेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here