रौतहटमा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

0
419

रौतहट, २२ असोज । नयाँ दियालो युवा क्लब गौरको आयोजना र ट्राफिक प्रहरी कार्यालय गौरको सहकार्यमा रौतहटको सदरमुकाम गौरमा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

गौरको विपी चौकबाट सुरु भइ विभिन्न नारा लेखिएको प्ले कार्ड सहितको र्याली भन्सारमा कोन सभा गरेर सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्ल, ट्राफिक प्रहरी प्रमुख चन्द्रपुरका विमला कठायत, दर्जनौं नेपाल प्रहरी, सञ्चारकर्मी तथा गौरका सयौं युवाहरुको सहभागिता रहेको थियो।
नयाँ दियालो क्लबका अध्यक्ष विक्रम यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here