Friday, May 3, 2024

नेकपा एमालेका उम्मेदवार गुप्ता घरदैलोमा व्यस्त

ताजा / भरखरै प्राप्त

रौतहट ६ कार्तिक । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार भएका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।

सवैको केन्द्र विन्दुको रुपमा रहेका रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार भएका पूर्व नगर प्रमुख अजय कुमार गुप्ता मतदातालाई आफ्नो पक्षमा रिझाऊन कडा परिश्रम गरिरहेका छन । प्रतिद्वन्दीको रुपमा बलियो उम्मेदवार नेकपा एकीकृत समाजवादीका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रहेका छन । क्षेत्रको प्रत्येक गाउमा मतदाता माझ पुग्न सफल भएका गुप्ताको पक्षमा अहिलेसम्म मतदाताको झुकाव बढ़ी देखिएको स्थानीय श्याम किशोर यादवले बताएका छन । गुप्तासँगै प्रदेश सभा ‘क’ मा नेकपा एमालेबाट राज किशोर प्रसाद यादव रहेका छन । यादव पनि बलियो अवस्थामा देखिएको स्थानीयहरुले बताएका छन । पूर्व प्रधानमंत्री र पूर्व गौर नगरपालिकाका नगर प्रमुख चुनावी प्रतिस्पर्धामा रहेको हुँदा सबैको ध्यान केन्द्रित यसै क्षेत्रप्रति तानिएको छ । चुनावी प्रतिस्पर्धा रोचक हुने भनाइ कृष्णानन्दन यादवको रहेको छ । स्थानीय उम्मेदवारलाई प्राथमिकताको रुपमा मतदाताहरुले लिएको यादवले बताए । प्रत्येक दिन जनताको माझमा पुग्ने गुप्तालाई स्थानीयले सहयोग गर्ने अवस्थाको सृजना भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका बागी उम्मेदवार रेवन्त झा प्रतिनिधिसभामा चुनावी प्रतिस्पर्धामा रहेका छन । सभार- जनकपुर टुडेबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles