Saturday, May 18, 2024

दुर्गाभगवती वडा नं. ३ ले गरे कक्षा १० का विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विदाई

ताजा / भरखरै प्राप्त

रौतहट, फाल्गुन १९ । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ स्थित संस्कृत माध्यमिक विधालयका कक्षा १० अध्ययनरत छात्र छात्राहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नं. ३ को आयोजनामा संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ ।

दुर्गाभगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक त्र्यिउ नारायण उर्फ टिएन झाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै स्टेसनरी सामाग्री तथा मायाको चिनो खादा प्रदान गरेका छन ।

कार्यक्रममा स्टेसनरी तथा खादा ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताएका थिए ।

कार्यक्रममा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष झाले शिक्षामा कुनै कम्प्रोमाइज नगर्ने तथा गुणस्तरीय शिक्षा दिलाउन आफु सदैव तत्पर रहने बताए । सहि शिक्षा दिए मात्र समाज देशको मुहार तथा देश उन्नति प्रगतिशील हुने कुरा अध्यक्ष झाले बताए ।
कार्यक्रममा वडा सचीव, वडा सदस्यहरु, शिक्षक, अभिभावक लगायत विधार्थिहरुको सहभागिता रहेकोे थियोे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles