Saturday, May 18, 2024

गरुडा बजारबाट प्रहरीले १० बोरा युरीया मल लिए नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

प्रेमचन्द्र झा
राैतहट, फाल्गुन २८ । प्रहरीले गरुडा बजारबाट १० बोरा युरीया मल नियन्त्रणमा लिएका छन । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीका अनुसार प्रहरीलाई देखि छोडी भागेका दुईवटा भारतीय नम्बर प्लेटका माेटर साईकल सहुत उक्त मल नियन्त्रणमा लिएको बताए ।

प्रहरी नायव उपरीक्षक कामतिले पक्राउ गरिएको मल र दुईवटा मोटर साईकल आवश्यक कार्यवाहीका लागि गाैर भन्सार कार्यालय बुझाइको जानकारी दिएका छन । आईतबार विहान गरुडाको मेथुर चाैक भन्दा पुर्व समनपुर जाने सडकबाट प्रहरी गस्ती आउदौे गरेका देखेपछी मल लोड मोटरसाइकल छाडी भागेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles